काठमाडौं । उपनिर्वाचन २०७६ को मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
मतदान सकिएसँगै सबैको चासोमा रहेको रोाल्पाको थवाङमा एकदमै न्यून मतदान भएको छ । थवाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष चयनका लागि मतदान भएको थियो ।
कुल मतदाता १२८४ रहेको वडाबाट २०९ मत अर्थात १६.२८ प्रतिशत मात्र खसेको छ । ११० पुरुष र ९५ जना महिलाले मात्रै मतदान गर्न आएको बताइएको छ ।
वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढामगर र नेपाली कांग्रेसका कमलबहादुर रोकामगरबीच प्रतिस्पर्धा हुने छ ।
थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएको थियो । यो त्यही वडा हो, जहाँ वडाध्यक्षसहित सबै पदाधिकारी नेत्रविक्रम चन्द समूहको नेतृत्व विजयी भएका थिए ।
यस्तै प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ ।
यस्तै धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान भएको छ ।
बैतडीको सुर्नाया–१ मा ४३८ मत खसेको खबर प्राप्त भएको छ ।
मतदान सकिएसँगै मतपेटिकाहरु संकलन गर्ने काम सुरु भएको छ ।
निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ७० प्रतिशत मत खसेको अनुमान छ । यकिन विवरण आउन बाँकी छ ।