२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साताको शेयर : एक अर्ब ३२ करोडको कारोवार

अ+ अ-

काठमाडौं । धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच कारोवार दिनमा बुधबार मात्रै बजारले केही सुधारको सङ्केत गरेको भए पनि अन्य दिन नकारात्मक नै रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १६८ कम्पनीको शेयर कारोवार भयो । कूल ५१ लाख ५१ हजार २२७ कित्ता शेयर एक अर्ब ३२ करोड १० लाख १७ हजार १३५ मा कारोवार भयो । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार सो दिन नेप्से १०.५४ बिन्दुले घटेर एक हजार ११०.०८ बिन्दुमा पुग्यो । कूल १६२ कम्पनीका नौ लाख २९ हजार ७४४ कित्ता शेयर रु २८ करोड पाँच लाख ३४ हजार ४१५ मूल्यमा खरिद–बिक्री भए ।

सोमबार भने बजारमा रमाइलो दृश्य देखाप¥यो । निरन्तर ओरालो लाग्दै आएको बजार सोमबार यथास्थितिमा रह्यो । नेप्से परिसूचकमा कुनै बदलाव देखिएन । नेप्से परिसूचक शून्यकै अवस्थामा रह्यो । त्यस दिन कूल १६८ कम्पनीका १० लाख ७८ हजार १६ कित्ता शेयर रु २८ करोड ८८ लाख ५८ हजार ४८४ मूल्यमा खरिद–बिक्री भए । मङ्गलबार भने नेप्से परिसूचक झिनो अङ्कले घट्यो । सो दिन नेप्से ०.९१ बिन्दुले घटेर एक हजार १०९.१६ बिन्दुमा झर्‍यो ।

नेप्से आरोलो लागे पनि कारोवार रकम भने सामान्य रहन पुग्यो । कूल १६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ता शेयर रु २९ करोड ५८ लाख ६९ हजार १८० मूल्यमा खरिद–बिक्री भए । बुधबार भने बजारमा सुधार देखापर्‍यो । नेप्से परिसूचक ८.३० अङ्कले वृद्धि भएर एक हजार ११७.४६ मा पुग्यो । कूल १६५ कम्पनीका सात लाख ३८ हजार ४४६ कित्ता शेयर २१ करोड २३ लाख ६३ हजार ७३६ मा खरिदबिक्री भए ।

बुधबारको सुधार बिहीबार टिक्न सकेन । त्यस दिन नेप्से परिसूचक ४.६७ बिन्दुले घटेर एक हजार ११२.७९ मा पुग्यो । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो । कूल १६६ कम्पनीका १२ लाख ७१ हजार छ कित्ता शेयर २४ करोड ३३ लाख ९१ हजार ३२० मूल्यमा खरिदबिक्री भए ।

पाँच कम्पनीको शेयर सूचीकृत

नेप्सेमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भए । त्यसमा नेको इन्सुरेन्सका १४ लाख ११ हजार ५३४ कित्ता शेयर लाभांश, नेपाल इन्सुरेन्स कम्पनीका सात लाख ६४ हजार ३२७ कित्ता शेयर लाभांश, प्राइम लाइफ इन्सुरेन्सका २२ लाख ३१ हजार ४३ कित्ता शेयर लाभांश, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका एक करोड दुई हजार ३८८ कित्ता शेयर सूचीकृत भए । त्यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका ११ लाख चार हजार ५७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस