दुई लाख पचास हजार घुससहित कैलालीका एक इन्जिनियर रङ्गेहात पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई लाख पचास हजार घुससहित कैलालीका एक इन्जिनियर रङ्गेहात पक्राउ


१४ मंसिर २०७६, शनिबार


अख्तियार

काठमाडैं । कैलालीबाट एक इन्जिनियर दुई लाख पचासहजार घुससहित पक्राउ परेका छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीका इन्जिनियर त्रिलोक जोशी घुससहित पक्राउ परेका हुन् ।

जोशीले भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरीदिए बापत सेवा ग्राहीसँग घुस माग गरेको खुल्नमा आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलिले उनलाई शुक्रबार रङ्गेहात नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका जोशीको अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस