काठमाडौं । कास्की क्षेत्र नं. २ को अर्को मदतानस्थलमा पनि बम विस्फोट भएको छ । पोखरा महानगरपालिका–१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो ।
यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् । पोखरा–३३ भरतपोखरीस्थित शान्ति उदय मा.वि., नयाँबजारको नवप्रभात र पोखरा–१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो ।
उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञान समूहले निरन्तर बम विस्फोट गराइरहेको छ । यसअघि उम्मेदवारी दर्ताको दिन निर्वाचन कार्यालय नजिक, नेकपाको चुनावी सभा नजिकै र एक वडाध्यक्षको घरमा पनि विस्फोट भएको थियो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।