दैलेखमा माइक्रो बस दुर्घटना हुँदा ३ को मुत्यु, १३ घाइते « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दैलेखमा माइक्रो बस दुर्घटना हुँदा ३ को मुत्यु, १३ घाइते


१३ मंसिर २०७६, शुक्रबार


काठमाडौं । सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस दुर्घटना ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।

शुक्रबार बिहान करिब पौने १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइतेहरुलाई कर्णाली प्रदेश अस्पतालमा लगिएको छ। मृत्यु हुने र घाइतेहरुको सनाखत हुन सकेको छैन ।

गाडी सडकबाट करिब ५०० मिटर तल खसेको छ । चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस