मतदान केन्द्रमा खटिएका कर्मचारीलाई निर्वाचन आयुक्त दाहालको निर्देशन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मतदान केन्द्रमा खटिएका कर्मचारीलाई निर्वाचन आयुक्त दाहालको निर्देशन


१३ मंसिर २०७६, शुक्रबार


भक्तपुर । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मंसिर १४ गते शनिबार भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गरेका छन् ।

दाहालले भक्तपुरका विभिन्न मतदानस्थलको बिहीबार साँझ स्थलगत निरीक्षण गरेका हुन् । उनले मतगणनास्थल विद्युत् प्राधिकरण तालीम केन्द्र खरीपाटीको समेत अनुगमन गरेका छन् ।

आयुक्त दाहालले स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाउन मतदान केन्द्रमा खटिएका सबै कर्मचारीलाई निर्देशन दिएका छन् ।

मतगणनास्थलमा पनि सबैको नियमानुसार सहज प्रवेश तथा सूचना सम्प्रेषणको लागि सञ्चारमाध्यमलाई विशेष स्थान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

सबै मतदान केन्द्रमा मतदान अधिकृत आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको र सर्वदलीय बैठक राखी मतदाता परिचयपत्रसमेत वितरण गरिएको छ ।

शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बझ्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस