दुई सय ४३ विद्यार्थीको निःशुल्क रक्त समूह पहिचान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई सय ४३ विद्यार्थीको निःशुल्क रक्त समूह पहिचान


१२ मंसिर २०७६, बिहिबार


डोटी । डोटी जिल्ला सदरमुकाम सिलगढी स्थित पद्म पब्लिक मुक्तिनारायण माध्यामिक विद्यायमा अध्ययन २ सय ४३ जना विद्यार्थीहरुको निःशुल्क रुपमा रक्त समूह पहिचान गरिएको छ ।

प्रत्येक नागरिकले मेरो रक्त समूह केहो भन्ने बारे जानकार हुनुका साथै आवश्यक परेको समयमा रगत अनुदान गर्न तयार होउन भन्ने उद्देश्यले निःशुल्क रक्त समुह पहिचान कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको निःशुल्क रक्त समुह पहिचान कार्यक्रममा कक्षा १० का १ सय २८ जना, कक्षा ११ का ५३ जना र कक्षा १२ का ६२ जना गरी २ सय ४३ जनाको निःशुल्क रुपमा रक्त समुह पहिचान गरिएको स्वास्थ्य कार्यालय डोटीका ल्याप टेक्निसियन निरीक्षक सुसिल जोशीले बताए ।

रक्त समुह पहिचान टोलीमा स्वास्थ्य कार्यालय डोटीको ल्याप टेक्निसियनको टीम रहेको थियो । रक्त समुह पहिचान पश्चात रक्त समुह परिचय पत्र समेत उपलब्ध गराईएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शुक्रबार डोटी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रक्त समुह पहिचान गर्ने कार्यक्रम रहेको समेत आयोजक संस्थाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस