१३ औं सागको उद्घाटन र समापनको दिन जोर विजोर लागू गरिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

१३ औं सागको उद्घाटन र समापनको दिन जोर विजोर लागू गरिने


१२ मंसिर २०७६, बिहिबार


काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।

बिहीबार आयोजित तयारी समितिको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चल्न अनुरोध गरिने बताए ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को समयमा पुराना गाडी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस