उप निर्वाचनका लागि तीन सय सुरक्षाकर्मी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उप निर्वाचनका लागि तीन सय सुरक्षाकर्मी


१२ मंसिर २०७६, बिहिबार


डोटी । डोटीको आदर्श गाउँपालिका–२ मा यही मङ्सिर १४ गते हुने वडा अध्यक्षको उपनिर्वाचनका लागि करिव तीन सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । उप निर्वाचनलाई लक्षित गरी निर्वाचन सुरक्षा कार्ययोजनासहित मतदानस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलका अनुसार निर्वाचनका समयमा तीन तहको सुरक्षा घेराको व्यवस्था गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ । थप आवश्यक परे तत्कालै थप्न सक्ने व्यवस्था रहेको छ ।

निर्वाचन स्थल र आसपासका क्षेत्रमा चौबीसै घण्टा हतियारसहितका सुरक्षाकर्मीले गस्ती बढाईएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीप सिं देउवाले बताए ।

निर्वाचनलाई स्वतन्त्र र मर्यादित बनाउन तथा मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण सिर्जना गर्न जिल्लाका सबै सुरक्षा निकायका प्रमुख कसरतमा लागेको प्रजिअ पौडेलले बताए ।

निर्वाचनको दिनमा आर्दश गाउँपालिका वडा नम्बर २ को क्षेत्रभित्र यातायातका सावरी साधन चल्न पूर्ण बन्देज गरिएको छ । जिल्लाको अन्य स्थानमा नियमित रुपमा चल्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस