२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाउरोटी उद्योगमा शिलबन्दी

अ+ अ-

भद्रपुर । खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधबार गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत संचालित भएको फेला पारेपछि अस्मिता पाउरोटी उद्योगलाई शिलबन्दी गरेको हो ।

टोलीले मेचीनगरमा रहेका आधा दर्जन बेकरी उद्योगमा अनुगमन
गरेको थियो । मेचीनगर–१० मा रहेको अस्मिता पाउरोटी उद्योगले नेपाल सरकारले तोकेको खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्डलाई चरम बेवास्ता गर्दै आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेका कारण कारवाहीस्वरुप मेसिनमा शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले जानकारी दिए ।

टोलीले अनुगमन गर्दा अधिकांश उद्योग सफा सुग्घर नभएको, भाँडाकुँडा जथाभावी राखिएको, खानेकुराको स्वच्छतामा ध्यान नदिएको, मूल्यसूची नराखिएको र कामदारहरुले सरसफाइमा ध्यान नदिएको पाइएको अनुगमनमा संलग्न मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले जानकारी दिए ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर र घरेलु तथा साना उद्योग कार्यालय झापा, मेचीनगर नगरपालिका कार्यालयको प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस