प्याजको भाउ अहिलेसम्मकै उच्च, प्रतिकेजी २५० रुपैयाँ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्याजको भाउ अहिलेसम्मकै उच्च, प्रतिकेजी २५० रुपैयाँ


१० मंसिर २०७६, मंगलबार


काठमाडौं । बजारमा प्याजको मूल्य अहिलेसम्मकै उच्चदरमा बिक्री भइरेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको मूल्य प्रतिकिलो होलसेल नै दुई सय रुपैयाँ तोकेको छ ।

गत मंगलबार कालिमाटी बजारमा सुकेको प्याजको थोक मूल्य औषत १५२ रुपैयाँ प्रतिकिलो थियो । तर आज प्रतिकिलो ४८ रुपैयाँले बढेर दुई सय रुपैयाँ पुगेको हो ।

कालिमाटी तरकारी बजारमै प्याजको खुद्रा मूल्य २२० र अधिकतम २३० रुपैयाँ पुगेको छ । कालीमाटी बजार बाहिरका खुद्रा पसलमा प्रतिकिलो मूल्य साढे दुई सय हाराहारी पुगेको छ ।

स्वदेशी उत्पादन अन्त्यन्तै कम भएको र भारतबाट आयात रोकिएका कारण मूल्य आकासिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस