पर्सा । पर्साको बहुदरमाई नगरपालिका–४ बाट दुई जना जुवाडे पक्राउ परेका छन् । ९१ हजार नेपाली रुपैयाँ र २८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका हुन्
तास खेलिरहेको अवस्थामा बहुदरमाई नगरपालिका–९ बस्ने वर्ष ५० का बेराहिम मियाँ र वीरगञ्ज महानगरपालिका–२६ बस्ने वर्ष ३५ का लालबाबु पटेल लाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ९१ हजार ८ सय ९० रुपैयाँ नेपाली र २८ हजार २ सय भारतीय रुपैयाँ बरामद भएको छ ।
उनीहरुलाई रुपैयाँसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।