३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास

अ+ अ-

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित अखटेबाट सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास गरिएको छ । गाउँपालिकाको छितापोखरी र खोटेहाङ गाउँपालिका–५ चिप्रिङको सिमानामा पर्ने अखटेस्थित टुवाखेलाबाट छितापाखरी–पञ्चमीबजार हुँदै बतासेसम्म सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजनाको शनिबार गाउँपालिका प्रमुख भुपेन्द्र राईले शिलान्यास गरेका हुन् ।

प्रदेश नं १ सरकारको आर्थिक सहयोगमा जल तथा सिँचाइ डिभिजन कार्यालय खोटाङद्वारा रु सात करोड ७२ लाख लागतमा साँढे दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको उक्त योजनाको कामको जिम्मा विवश इन्टरनेशनल कन्ट्रक्सन कम्पनी काठमाडौँले लिएको छ ।

गत साउनमा निर्माण कम्पनी र सिँचाइ डिभिजन कार्यालयबीच सम्झौता भएको १३ किलोमिटर लामो उक्त योजनाको नौ किलोमिटरसम्म पाइप जडान, आरसीसी, पिसीसी, ग्याबिङ पर्खाल, मेसिनरी पर्खाललगायतका संरचनाको काम निर्माण कम्पनीले गर्ने जनाइएको छ । बाँकी काम उपभोक्ता समितिले गर्ने उक्त योजनाले छितापोखरीको आधा भू–भाग, छितापोखरी र बतासेका स्थानीयवासी लाभान्वित हुने गाउँपालिका प्रमुख राईले बताए ।

प्रतिक्रिया दिनुहोस