काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा धर्नामा बसेका विद्यार्थीमाथि हातपात गरिएको छ । शुक्रबार शान्तिपूर्ण धर्नामा बसेका विद्यार्थीमाथि हातपात गरिएको हो ।
बिहीबार विद्यार्थीहरुलाई कलेज प्रवेशमा रोक लगाएको र शुक्रबार हातपात गरिएको कलेजका विद्यार्थीहरुले जनाएका छन् ।
विद्यार्थीहरु अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै धर्ना बसेका थिए । कलेज सञ्चालकले उनीहरुलाई होस्टेल प्रवेशमा समेत रोक लगाएको पीडित विद्यार्थीहरुको भनाई रहेको छ ।
शुल्क फिर्ताका लागि सरकारले दिएको समयसिमा सकिन चारदिन बाँकी रहँदा विद्यार्थीहरुले कलेज प्रशासनलाई खबरदारी गर्दै बिहीबार दिउँसो दुई बजेदेखि धर्नामा बसेको बताएका छन् ।
बिहीबार कलेज प्रशासनले होस्टल प्रवेशमा रोक लगाएको र शुक्रबार हातपात गरिएको विद्यार्थीहरुको भनाई रहेको छ ।
सरकारले तोकेको सीमा भन्दा बढी रकम अशुलेको विरोधमा १५ दिन भित्र शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो । शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने बताइएको छ ।