१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कङ्गोमा दादुराको महामारी, करिब ५ हजारको मृत्यु

अ+ अ-

कङ्गो । कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको बताइएको छ । सो महामारीपछि सन् २०१९ मा करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ ।

यसै अवधिमा करिब २ लाख ५० हजार व्यक्ति यसै रोगबाट सङ्क्रमित रहेका पनि सो समाचारमा जनाइएको छ ।

कङ्गोमा दादुरा निकै नै द्रूत गतिमा फैलिइरहेको र यो सबैभन्दा छिटो फैलिने महामारी भएको पनि विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) ले जानकारी दिएको छ ।

कङ्गोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउने भन्दा २ गुणा बढी व्यक्ति दादुराको कारण ज्यान गुमाउन पुगेका पनि सो समाचारमा उल्लेख गरिएको छ ।

कङ्गोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि २ हजार जनाको ज्यान गएको थियो । कङ्गोका स्वास्थ्य अधिकारीले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि २ हजार कङ्गोलीको ज्यान गएको समाचार दिएका छन् ।

कङ्गो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा ८ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए ।

तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहूँचको अभावका कारण दादुराको सङ्क्रमण रोक्ने प्रयासमा असर परेको बताइएको छ ।

हालसम्म ४० लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । तर विज्ञहरूका अनुसार खोप लगाइएको बालबालिका उक्त सङ्ख्या आधाभन्दा पनि कम हो ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस