२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रमन्त्री रसिया र सर्वियाको साताव्यापी भ्रमणमा जाँदै

अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुसी महासंघ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमण गर्ने भएका छन् । यही मङ्सिर ७ गते उनी मस्कोतर्फ प्रस्थान गर्ने तथा ९ गते त्यहाँ रुसी महासंघका विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले मङ्सिर १० गते मस्कोमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानमा नेपाल–रुस सम्बन्ध तथा सहयोगबारेमा प्रवचन दिने छन् भने रुसका राजनीतिक नेतृत्व र गैरआवसीय नेपाली सङ्गठनका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने छन् ।

भ्रमणको दोस्रो चरणमा मन्त्री ज्ञवाली मङ्सिर ११ गते बेल्ग्रेड पुग्ने छन् । नेपाल र तत्कालीन युगोस्लाभियाअर्थात् सर्वियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष पुगेको छ । सर्वियामा रहँदा उनले त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डाकिकसँग द्विपक्षीय वार्ता गर्ने छन् ।

बेलग्रेडमा उनी स्थानीय उद्योग वाणिज्य संघ तथा यात्रा र पर्यटन व्यवसायीसँग लगानी प्रवर्द्धनका कार्यक्रममा सहभागी हुने छन् ।

मन्त्री ज्ञवाली नेतृत्वमा रुसी महासंघको भ्रमण गर्ने प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव शङ्करदास वैरागी, रुसी महासंघका लागि नेपाली राजदूत ऋषिराम घिमिरे तथा अन्य सरकारी अधिकारी सहभागी हुने छन् । सर्विया भ्रमणदलमा सचिव वैरागीसहित उक्त देशका लागि नेपालका गैरआवासीय राजदूत रमेशप्रसाद खनाल र अन्य सरकारी अधिकारी रहने छन् । यही मङ्सिर १४ गते मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल सर्वियाबाट स्वदेश फर्कनेछ ।रासस

प्रतिक्रिया दिनुहोस