वनका कर्मचारीले खुलाए आफ्नै कार्यालयमा लगाएको ताला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वनका कर्मचारीले खुलाए आफ्नै कार्यालयमा लगाएको ताला


४ मंसिर २०७६, बुधबार


डोल्पा । जिल्ला वन कार्यालय डोल्पाका कर्मचारीले आफ्नै कार्यालयमा लगाएको ताला खुलाएकाछन् ।

कार्यलयमा कार्यरत २३ जना कर्मचारीले ११ महिसम्मको राशन नपाएपछि राशनको माग गर्दै आफ्नै कार्यालयमा ताला लगाएका थिए ।

जिल्ला प्रशासन कार्यालयले ठेकेदार कर्मचारी सहित उपस्थिति गराएर राशन उपलब्ध गर्न लगाउने बताएपछि प्रशासनको अनुरोधमा लगाईएको ताला खोलिएको कर्मचारीले बताए ।

भोली भित्र राशन उपलब्ध गराउने सहमति नभए पुन ताला लगाउने कर्मचारीको भनाई छ ।

कार्यालय खुलेको केही समयमै कर्मचारीले ताला लगाएपछि केही समय सेवाप्रवाह ढप्प भएपनि अहि सेवा सुचारू भएको छ ।

राशनको जिम्मा लिएका ठेकेदार र कर्मचारी राखेर प्रशासनमा छलफल गराउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस