२१ हजार घुससहित वडाध्यक्ष पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२१ हजार घुससहित वडाध्यक्ष पक्राउ


३ मंसिर २०७६, मंगलबार


अख्तियार

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई २१ हजार घुससहित नियन्त्रणमा लिएको छ ।

२ लाख रुपैयाँको सडक स्तरोन्नतीको योजना सम्झौताका लागि ठेकेदारसँग २१ हजार घुस लिएको आरोपमा कार्यवाहक वडाध्यक्ष साहलाई मंगलबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

२ लाख रुपैयाँको सडक स्तरोन्नतीको योजना सम्झौताका लागि ठेकेदारसँग घुस मागेको सूचनाको आधारमा कार्यवाहक वडा अध्यक्ष साहलाई २१ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको आयोगका इटहरी प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको हत्या आरोप लागेका वडा अध्यक्ष प्रदीप यादव फरार भएपछि साहलाई कार्यबहाक दिइएको थियो।

विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको गत जेठ ३२ गते गरिएको कुटपिटका कारण असार २७ गते मृत्यु भएको घटनामा संलग्न यादवलाई जिल्ला अदालत मोरङले पक्राउ पुर्जीसमेत जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस