३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किबी खेतीप्रति कृषक आकर्षित

अ+ अ-

खोटाङ । पछिल्लो समय जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका छन् । बजारमा उपभोक्ताको बढ्दो माग र कम मेहनतमै पर्याप्त उत्पादन हुने भएपछि जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका हुन् ।

विसं २०६८ बाट किबीको व्यावसायिक खेती शुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यावसायिक खेती शुरु गरेका छन् । आफ्नो खाली रहेको जग्गा तथा भाडामा लिएर व्यावसायिक किबी खेतीमा लामो समय विदेश बसेका तथा गाउँमा बेरोजगार बसेका युवाहरुको लहर नै चलेको छ ।

दश स्थानीय तह रहेको जिल्लामा केपिलासगढी गाउँपालिका–१ फेदीका युवा कृषक धनकुमार राईले जिल्लामै पहिलोपटक किबीको व्यावसायिक खेती शुरु गरेका थिए । पहिलो वर्ष ४३३ केजी किबी उत्पादन गरेका युवा कृषक राईले यस वर्ष २ हजार १०० केजी उत्पादन गरेका छन् ।

रोपेको करिब ४/५ वर्षमा मात्र फल दिने किबीले राईले लगाएको बगानमा तीन वर्षमै उत्पादन दिन थालेको थियो । राईले उत्पादन गरेको किबी प्रतिकेजी रु २०० देखि रु ३०० सम्ममा घरैबाट बिक्री भइरहेको छ ।

एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको बिरुवासमेत राई आफैँले उत्पादन गरेर बिक्री गर्दै आएका छन् । किबीको बिरुवा बिक्रीबाट मात्रै वार्षिक रु १५ लाख बढी आम्दानी हुने गरेको कृषक राईले बताए ।

राईले उत्पादन गरेको बिरुवा प्रतिगोटा रु ३०० मा घरबाटै बिक्री हुने गरेको जनाइएको छ । जिल्लामा किबीको व्यावसायिक खेती शुरु गर्ने कृषकको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले मागअनुसार बिरुवा उत्पादन गर्न गाह्रो भएको राईको भनाइ छ ।

विसं २०६७ साल माघमा दश रोपनी जग्गामा १२५ बोटबिरुवा रोपेर व्यावसायिक खेती शुरु गरेका कृषक राईले यस वर्ष मात्रै रु २१ लाख ६० हजार आम्दानी गरेका छन् । रहरैरहरमा किबी खेती शुरु गरेका राईका लागि अहिले किबीको फल तथा बिरुवा नै आम्दानीको आकर्षक माध्यम बनेको छ ।

एउटा वयस्क किबीको बोटमा १०० देखि १५० केजीसम्म फल उत्पादन हुने गरेको युवा कृषक राईले बताए । ‘बजार मूल्यमा अन्य फलफूलभन्दा किबी धेरै महङ्गो छ’, उनले भने, ‘आफूले उत्पादन गरेको किबी बजार पुर्‍याएपछि चाख्नकै लागि भए पनि उपभोक्ताले खरिद गर्ने गरेका छन् ।’

धनकुमार जस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का शुभचन्द्र राईले किबीको बिरुवा बिक्री गरेर लोभलाग्दो आम्दानी गरिरहेका छन् । विगत पाँच वर्षदेखि किबीको निरन्तर नर्सरी उत्पादन गर्दै आएका राईले वार्षिकरूपमा रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिक पर्ने नेर्पाको तालखर्कमा २० रोपनी जग्गामा किबी खेती लगाएका राईले उत्पादन गरेको किबीको बिरुवा प्रतिगोटा रु ३५० मा बिक्री गर्दै आएका छन् । कानूनमा स्नातक तथा समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका राईले यस वर्ष गोल्डेन, हेवार्ड र रेड प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् ।

चार वर्ष अगाडि २०७२ साल माघमा ४० रोपनी जग्गामा ३५० बोट किबीको बिरुवा रोपेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का दोर्जी शेर्पाले पहिलो वर्ष नै २ हजार २०० केजी उत्पादन गरेका छन् । शेर्पाले उत्पादन गरेको किबी दिक्तेलबजार, हलेसी र काठमाडौँमा बिक्री भइरहेको जनाइएको छ ।

कलमी बिरुवा रोपिएको किबीले उत्पादन दिन थालेको पहिलो वर्ष नै रु ६ लाख ६० हजारभन्दा बढी आम्दानी भएको शेर्पाले बताए । ‘किबी खेतीलाई अन्य बालीजस्तो दैनिकरूपमा हेरचाह गरिरहनुपर्दैन रहेछ !’, उनले भने,’कम मिहिनेनतमा बढी आम्दानी दिने हुँदा यस वर्ष थप विस्तार गर्ने तयारीमा लागेको छु ।’

६ देखि ८ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीनालीलाई भन्दा कम मिहिनेत गर्दा पनि पर्याप्त उत्पादन दिने र किबी खेती गरिएको क्षेत्रभित्र अन्य बालीनाली लगाएर दोहोरो फाइदा लिनसमेत सकिने कृषकले बताएका छन् । समुद्री सतहबाट २ हजार ५०० मिटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्रभन्दा माथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किबी खेती गर्न उपयुक्त भूगोल मानिन्छ ।

ब्रुनो र मन्टी प्रजातिको किबीसमेत उत्पादन हुँदै आएको जिल्लामा सबैभन्दा बढी हेवार्ड र रेड प्रजातिको किबीको राम्रो सम्भावना रहेको कृषि विज्ञहरुले बताएका छन् । किबीलाई प्रशस्त पानीको स्रोत र चिस्यान भएको ठाउँ उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस