तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा


२ मंसिर २०७६, सोमबार


काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको छ । विभागले आइतबार विराटनगरको नोबेल मेडिकल कलेज, वीरगञ्जको नेशनल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा छापा मारेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदन अनुसार विभागले मेडिकल कलेजहरु र सञ्चालकको सम्पत्ति छानविन सुरु गरेको हो ।

मेडिकल कलेजका विद्यार्थीहरु तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा छन् । सरकारले शुल्क फिर्ता गर्न पटक पटक निर्देशन दिएको छ ।

मेडिकल कलेजहरुले सरकारलाई ताला चाबी बुझाउने धम्की दिएपछि सरकारले ठगी मुद्दा चलाउने तयारीसमेत गरेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस