हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवती महिलाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवती महिलाको मृत्यु


३० कार्तिक २०७६, शनिबार


डोल्पा । डोल्पाबाट हेलिकप्टरबाट उद्धार गरेकी एक गर्भवती महिलाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका वडा नं १ हुरीकोटकि २७ बर्षीया जमानदेवी रोकायको मृत्यु भएको हो ।

दिउसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएकी रोकायको क्षेत्रीय अस्पतालमा सुर्खेतमा शल्यक्रिया गर्दै गर्दा मृत्यु भएको उनका श्रीमान् बुद्धि रोकायले जानकारी दिए ।

प्रसूति पीडाले छटपटाएकी जमानदेवीको कणार्ली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिए ।

गाउँपालिकामा प्रसूति गृह भए पनि कर्मचारी नै नभेटिने र स्वास्थ्यकर्मीले समयमा सही जानकारी नदिँदा आफ्नी श्रीमतीले मृत्युको सिकार हुनु परेको पति बुद्धि रोकायको भनाई छ ।

‘बच्चा जन्माउन नसकेकी रोकायको सबै क्षेत्रको पहलमा हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगेपनी ज्यान जोगिन सकेन’ युवराज थकालीले दुख व्यक्त गरे ।
बिहीबार मात्रै शे फोक्सुन्डो गाउँपालिकाबाट एक गर्भवती महिलाको हेलिकप्टरबाटै उद्धार गरिएको थियो । तर शनिवार जगदुल्लाबाट उद्धार गरिएकी रोकायाको भने ज्यान जोगाउन सरकारले सकेन यस्तो पीडाले हरेक वर्ष तिनचार जना महिलाको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस