२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरीका गाडीसहित कलंकीबाट दुई जना पक्राउ

अ+ अ-

काठमाडौं । चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।

उनीहरुबाट बा२१च ८७१४ र बा१८च ३१३८ नंको स्कर्पियो तथा बा११च ९७९४ नंको निजी कार बरामद गरिएको छ । उनीहरुले काठमाडौँ नयाँबजारस्थित आदित्य ट्रान्सपोर्ट सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको छ । उक्त ट्रान्सपोर्टले चोरीको गाडी प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा कालिमाटीबाट खटिएको टोलीले गएराति गाडीसहित उनलाई पक्राउ गरेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस