गोली हानी लुटेरा पक्राउ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

गोली हानी लुटेरा पक्राउ


२५ कार्तिक २०७६, सोमबार


दाङ । प्रहरीले गोली हानी लुटेरालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जना लुटेरा पक्राउ गर्न सोमबार बिहान दुई राउण्ड गोली चलाएको हो।

ब्ल्याकमेलिङ गरेर लुटिरहेको लुटेराहरुको समूहलाई ५ लाख रुपैयाँ बुझाउने क्रममा तुलसीपुर–३ खमारीको जंगलमा प्रहरीले गोली चलाएको प्रहरी अधिकारीले बताएका छन् । घटनामा संलग्न समूहको नाइके फरार रहेको र खोजी भइरहेको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा तुलसीपुर–३ खमारीका विमल वली, नविन नेपाली र दुजबहादुर खत्री रहेका छन्। घटनामा संलग्न अन्य सोही ठाउँका ईश्वर पुन र अर्जुन पुन फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उक्त समूहले गत मात्रै शनिबार युवतीसँग रहेका एक व्यक्तिलाई नाङ्गो भिडियो बनाएर ब्ल्याकमेलिङ गरेर लुटेकोसमेत प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले मोबाइल, चक्कु र मोटरसाइकल समेत बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस