डा. केसीलाई लिन डडेलधुरा पुगेको हेलिकोप्टर रित्तै फर्कियो « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

डा. केसीलाई लिन डडेलधुरा पुगेको हेलिकोप्टर रित्तै फर्कियो


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । डडेल्धुरामा अनसन बसेका डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेपछि उनलाई लिन गएको नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको छ । डा.केसीले आफ्नो माग पूरा नभएसम्म काठमाडौं नजाने र स्थानीयले समेत उनको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको हो । आइतबार डडेलधुरा अस्पतालले उनको स्वास्थ्य अवस्था गम्भीर भएको विज्ञप्ति जारी गरेको थियो ।

सोहिअनुसार सरकारले उनलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर डा. केसीको समर्थकको विरोधपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा.केसीका समर्थक तथा नागरिक समाजसँग सर्वपक्षीय बैठकसमेत राखेका थिए । तर बैठकमा डा. केसीका समर्थकले उनलाई जबरजस्ती लैजान नमिल्ने भन्दै विरोध जनाएपछि प्रमुख जिल्ला अधिकारीले सेनाको हेलिकोप्टर काठमाडौं फिर्ता पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस