सरकारले दियो निजी मेडिकल कलेजलाई १५ दिने अल्टिमेटम « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारले दियो निजी मेडिकल कलेजलाई १५ दिने अल्टिमेटम


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । सरकारले विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको छ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले विद्यार्थीहरुको माग सम्बोधन गर्न निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएका हुन् ।

माग सम्बोधन नभए ठगीको मुद्दा चलाउन बाध्य हुने मन्त्री पोखरेलले बताए ।

चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको बताउँदै विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जानेसमेत बताए ।

मन्त्री पोखरेलले १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन गृह मन्त्रालयलाई आग्रह गरे । उनले कानुन सबैका लागि लागू हुने भन्दै निजी मेडिकल कलेजहरु उम्कन नपाउने बताए ।

मन्त्री पोखरेलले गुपचुप रुपमा सर्तहरु स्वीकार नगर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस