डा. केसीलाई अनशन तोड्न शिक्षामन्त्रीको आग्रह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

डा. केसीलाई अनशन तोड्न शिक्षामन्त्रीको आग्रह


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनशन तोड्न डा. गोविन्द केसीलाई आग्रह गरेका छन् । मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै उनले डा. केसीलाई अनशन तोड्न आग्रह गरेका हुन् ।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताए । डा. केसीले अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलको धारणा छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी डडेल्धुरा पुगेर अनशन बसेका छन् । केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरेका छन् ।

प्रहरीले डा. गोविन्द केसीलाई अनशनस्थल सार्न दबाब दिएको छ। तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस