नेकपाको सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपाको सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‌(नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सोमबार सचिवालय बैठक सुरु भएको हो।

सचिवालय सदस्यलाई पार्टीको संगठनात्मक एकता मुख्य एजेन्डा रहेको जानकारी गराइएको छ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु भएको छ। मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन्। अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बताइएको छ ।

कम्तीमा आठ मन्त्री फेर्ने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ। शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष एकमत देखिएका छन्। प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू फेरबदलको संकेतसमेत गरेको बताइएको छ ।

प्रधानमन्त्रीले प्रदेश प्रमुखमा नयाँ नियुक्तिदेखि अन्य निर्णय लिँदै ‘फास्ट ट्र्याक’मा सरकारको काम अगाडि बढाउने बताएका छन् । मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालदेखि सचिवालयका सबै सदस्यलाई उनले राजीनामा दिन निर्देशनसमेत दिएका छन्।

सचिवालयमा छलफलपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष कूटनीतिक पहल थाल्ने सरकारको तयारी छ।

भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई पारेपछि नेपालमा त्यसको विरोध हुँदै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस