किरात धर्मगुरु फाल्गुनन्दको १३५औँ जयन्ती « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

किरात धर्मगुरु फाल्गुनन्दको १३५औँ जयन्ती


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । किरात धर्म गुरु फाल्गुनन्दको १३५औँ जन्मजयन्ती आज देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

फाल्गुनन्दको जन्म वि.स. १९४२ कात्तिक २४ गते इलामको चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बु लिङदेन र आमा हंसमती लिम्बुको कोखबाट भएको थियो । उनले आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षण गरेका थिए।

उनले देशद्रोहीको अभियोग पनि खेप्नु परेको थियो । उनले १९८८ बैशाख २४ गते पाँचथरको शिलौटीमा तत्कालिन दश लिम्वुवानका प्रतिनिधि बोलाएर किराँत याक्थुङ वृहद चुम्लुङ वोलाएर दशवुँदे सत्य धर्म मुचुल्का पारित गराएका थिए । जस्लाई किराँत समुदायले किराँत सस्कृतिको पहिलो खुट्किलोका रुपमा लिँदै बैशाख २४ गते समाज सुधार दिवशका रुपमा मनाउने गर्छन ।

उनको निधन २००५ साल चैत २२ गते भएको थियो । उनको निधनपछि किराँत संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छन् ।

उनलाई नेपाल सरकारले २०६६ सालमंसिर १६ गते राष्ट्रिय विभुती घोषणा गरेको थियो ।

नेपाल सरकारले उनलाई राष्ट्रिय विभुती घोषणा गर्नुका साथै उनको फोटो अंकितहुलाक टिकट समेत प्रकाशन गर्दै आएको छ । सरकारले किरात धर्ममालम्बी कर्मचारीलाई विदा दिने गरेको छ ।

आज तेह्रथुमको आठराई सक्रान्तिबजारमा फाल्गुनन्दको १५ फिट अग्लो शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस