फाल्गुनन्दको प्रेरणादायी मार्गदर्शनको परिपालना गरेमा राष्ट्रिय एकता सुदृढ हुने : राष्ट्रपति भण्डारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फाल्गुनन्दको प्रेरणादायी मार्गदर्शनको परिपालना गरेमा राष्ट्रिय एकता सुदृढ हुने : राष्ट्रपति भण्डारी


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन्।

किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना दिएकी छन्।

फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्‍याएकामा उच्च कदर गर्दै सरकारले उनलाई राष्ट्रिय विभूति घोषणासमेत गरेको राष्ट्रपति भण्डारीले स्मरण गरेकी छन् । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी उनको जन्मजयन्ती मनाउने गरिएको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।

उनले फाल्गुनन्दको प्ररणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास आफूले लिएको उल्लेख गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस