फाल्गुनन्दको जयन्तीमा सोमबार स्थानीय बिदा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

फाल्गुनन्दको जयन्तीमा सोमबार स्थानीय बिदा


२४ कार्तिक २०७६, आइतबार


भद्रपुर । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अवसरमा यही कात्तिक २५ गते झापाको कमल गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा स्थानीय बिदा दिइने निर्णय गरेको आज सूचना जारी गरेका छन् ।

किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने विसं २००५ चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए ।

किराँत समुदायमा माँसाहारी, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिएको सन्देशका कारण उनलाई महान् समाज सुधारक मानिएको छ । उनको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूति घोषणा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस