विज्ञानलाई जनस्तरबाट अघि बढाउनुपर्छ : मन्त्री पोखरेल - प्रशासन प्रशासन

विज्ञानलाई जनस्तरबाट अघि बढाउनुपर्छ : मन्त्री पोखरेल


प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार २०:३०

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञानलाई जनस्तरबाट अघि उठाउन आवश्यक रहेको बताएका छन् ।

‘कसैलाई पछाडि नछाडि विज्ञान सबैलाई खुला गर’ भन्ने मूल नाराका साथ मन्त्रालयले आज यहाँ विश्व विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘शान्त्ति र विकासका लागि विश्व विज्ञान दिवस’ का अवसरमा मन्त्री पोखरेलले विज्ञानको क्षेत्र झन फराकिलो बनाउँदै अघि बढाउन आवश्यक रहेको औँल्याए। उनले भने, ‘विज्ञानलाई केवल विद्यालय र क्याम्पसस्तरका बालबालिकामा मात्र सीमित नराखेर हेरक टोल, गाउँ, क्षेर र बस्तीबस्तीमा पुर्‍याउन जरुरी रहेको छ ।’ विज्ञान विना खुसी नेपाली समृद्ध नेपालीकोे परिकल्पना साकार हुन नसक्ने मन्त्री पोेखरेलले दाबी थियो ।

कृषि उत्पादन, उद्योगलगायत अन्य आवश्यकमा स्थानमा नयाँ प्रविधिको प्रयोग गर्न अति नै आवश्यक रहेको मन्त्री पोखरेलले औँल्याए । नेपालका विभिन्न उच्चस्तरमा रहेका मानिस प्रति विज्ञानको थप जोड हुनुपर्ने मन्त्री पोखरेलले बताए । उनले भने, ‘विदेश पलायन भएका जनशक्तिलाई स्वदेशमा फर्काउन आवश्यक भएको छ ।’ दक्षिण कोरिया, चीन र जापानले विज्ञानलाई बढावा दिएका कारण आज उनीहरुले निकै विकास गरेको मन्त्री पोखरेलले जानकारी दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा.सुनिलबाबु श्रेष्ठले आफ्नो कार्यालयलाई थप बढावा दिन आवश्यक रहेको बताए । उनले भने, ‘मुलुकका लागि आवश्यक अनुसन्धानमा नाष्टले जोड दिएर अघि बढेको छ ।’ रासस

Tags: , , ,

प्रतिक्रिया दिनुहोस