सल्लाहकारबारे प्रधानमन्त्रीलाई पूर्व सचिवको सुझाव : ‘राष्ट्रले सेता हात्ती पालि राख्न सक्दैन र आवश्यक पनि छैन’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सल्लाहकारबारे प्रधानमन्त्रीलाई पूर्व सचिवको सुझाव : ‘राष्ट्रले सेता हात्ती पालि राख्न सक्दैन र आवश्यक पनि छैन’


२४ कार्तिक २०७६, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकारहरु परिवर्तन गर्न लागेको बारे चौतर्फी चर्चा परिचर्चा भइरहेको छ ।

सल्लाहरुकारहरुबारे बहसहरू चलिरहँदा नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले प्रधानमन्त्रीको कदम अत्यन्तै राम्रो भन्दै महत्वपूर्ण केही सुझावहरु पनि दिएका छन् ।

सम्बन्धित समाचार : मन्त्रिमण्डल पुनर्गठन हुँदै : मन्त्रीदेखि सल्लाहकारसम्म फेर्ने तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्रीबाट आफ्ना सबै सल्लाहकार टिमलाई सामूहिक राजीनामा दिन निर्देशन भएको समाचार सत्य हो भने अत्यन्तै राम्रो कदम हुनेछ भन्दै पूर्व सचिव त्रितालले सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाएका हुन् ।

उनले प्रधानमन्त्री लगायतका पदाधिकारीका हालसम्मका सल्लाहकारहरूको कार्यसम्पादनको मूल्याङ्कनका साथै सल्लाहकारहरूको सङ्ख्या र स्तर पनि पुनरावलोकन हुनुपर्ने बताएका छन् ।

त्यसैगरी सल्लाहकार राख्नु आवश्यक देखिएका अहिलेसम्मको जस्तो कार्यालयमा अफिस कोठा, पिए तथा गाडी लगायतका सुविधा दिने व्यवस्थामा पनि पुनरावलोकन हुन आवश्यक भएको उनको भनाई छ ।

अन्तमा उनले पूर्व सचिव त्रितालले लेखेका छन्- ‘मेरो विचारमा यस्ता सेता हात्ती पालिराख्न सक्दैन र आवश्यक पनि छैन ।’

प्रतिक्रिया दिनुहोस