भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवका २० कार्यकर्ता पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवका २० कार्यकर्ता पक्राउ


२४ कार्तिक २०७६, आइतबार


pakrau

काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विद्यालय पढ्ने विद्यार्थीलाई ल्याएर बीचमा विप्लव समूहका कार्यकर्ता छिरेको बताए । उनले भने, ‘अहिलेसम्म २० जना पक्राउ परेका छन् । यो संख्या अझै बढ्न सक्छ ।’

पक्राउ परेकालाई महागनरीय प्रहरी वृत्त, सिंहदारबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखिएको सुवेदीले बताए ।

विप्लव निकट विद्यार्थी संगठनले आइतवार माइतीघर मण्डला भारतीय हस्तक्षेपको विरुद्धमा प्रदर्शन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस