लिपुलेक विवादबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लिपुलेक विवादबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै


२३ कार्तिक २०७६, शनिबार


काठमाडौं । लिपुलेक विवादबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे सर्वपक्षीय बैठक बोलाएका हुन् ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । सरकारले एकपक्षीय नक्सा मान्य नहुने बताएको छ ।

भारतले जवाफमा आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस