अहिंसाका पक्षधरको एकता नै हिंसा विरुद्धको अभियान हो : मन्त्री थापा - प्रशासन प्रशासन

अहिंसाका पक्षधरको एकता नै हिंसा विरुद्धको अभियान हो : मन्त्री थापा


प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार २०:२४

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समाजमा हुने सबै खालको हिंसा अन्त्यका लागि अहिंसाका पक्षधर मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएकी छन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने सन्दर्भमा मन्त्रालयमा आज आयोजित सरोकारवाला निकायसँगको छलफलमा मन्त्री थापाले समाजमा हुने अनेक प्रकारका हिंसालाई न्यूनीकरण गर्न सबै एकजुट हुनुपर्ने बताइन् ।

सरकारले लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष २०७६ सञ्चालन गरिरहेको जानकारी गराउँदै मन्त्री थापाले कुनै पनि खालका हिंसा र विभेद्का विरुद्ध समाजका चेतनशील नागरिक जागरुक हुनुपर्ने आवश्यक्ता औल्याइन् ।

विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका व्यक्ति सहभागी कार्यक्रममा महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउन मूलसमारोह समिति गठन र तयारी, महिला हिंसा विरुद्धको १६ दिने अभियानको यो वर्षको नारा तय गर्ने विषयमा छलफल भएको थियो ।

Tags: , ,

प्रतिक्रिया दिनुहोस