२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रविधिले जीवनलाई सहज तुल्याउँछ : मन्त्री बाँस्कोटा

अ+ अ-

स्याङ्जा । नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रविधिले जीवनलाई सहज तुल्याउने भएकाले त्यसको प्रयोग गर्नुपर्ने बताएका छन् । शाह वंशको कूल देवता एवं ऐतिहासिक रुपमा रहेको आलमदेवी मन्दिरको नाममा हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रमका लागि कालीगण्डकी गाउँपालिका, आलमदेवी मन्दिरमा आएका सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले प्रविधिले विकासको गतिमा बल पुर्‍याउने बताए ।

मन्त्री बाँस्कोटाले भने, ‘देशको रुपान्तरणका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन सोचलाई पूरा गर्न डिजिटल प्रविधिले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले सरकारले डिजिटल प्रविधिको विकास र प्रयोगमा लागेको छ ।’ प्रविधिको सदुपयोगभन्दा पनि दुरुपयोग गर्ने बढेको प्रति चिन्ता व्यक्त गर्दै उनले प्रविधिको दुरुपयोग गरेर समय बर्बाद गर्नेभन्दा सदुपयोग गरेर फाइदा लिन आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार मुलुकको विकास निर्माणको महाअभियानमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले नेपालका नदीमा पानी जहाज सञ्चालन गर्नुका साथै आफ्नै स्याटलाइट राख्ने बताए । सपना नदेखी विकास सम्भव नहुने भन्दै उनले विकासका कुरा गर्दा हाँस्नेलाई सरकारले विकासको पाठ पढाएर विकासका लक्ष्य पूरा गरी छाड्ने बताए ।

मन्त्री बाँस्कोटाले भारतले प्रकाशन गरेको नक्सामा नेपालको कालापानी र लिपुलेकका विषयमा उठेको प्रसङ्गका बारेमा भने, ‘नेपाल सरकार स्पष्ट छ, हाम्रो भूमि हामी कुनै पनि हालतमा गुमाउन सक्दैनौँ, यसको कूटनीतिक तवरबाट समाधान गर्छौँ ।’

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले सरकारको एउटै मात्र लक्ष्य विकास भएकाले सरकारको ध्यान यतिबेला विकास निर्माणमा केन्द्रित भएको बताए । मन्त्री अर्यालले सिद्धार्थ राजमार्गको स्तर उन्नतिका लागि सरकारले प्रक्रिया अगाडि बढाएको बताउँदै केही समयमा नै बोलपत्र प्रक्रियामा जाने बताए । मन्त्री अर्यालले भने, ‘विकास निर्माणका काममा तत्कालै प्रगति नदेखिए पनि सरकार योजनाबद्ध ढङ्गले लागेको छ, यसका लागि सबैको सहयोग र सद्भाव आवश्क हुन्छ ।’रासस

प्रतिक्रिया दिनुहोस