प्रहरीलाई एक हजार घुस दिन खोज्दा पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरीलाई एक हजार घुस दिन खोज्दा पक्राउ


२२ कार्तिक २०७६, शुक्रबार


pakrau

काठमाडौं । प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने उदयपुर त्रियुगा नगरपालिका-३ घर भएका २९ वर्षीय देवकुमार राई पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको अवस्थामा उनलाई प्रहरीले फेला पारी कारवाही गर्ने क्रममा चालक राईले प्रहरीलाई उक्त नगद दिन खोजेपछि नगद सहित उनलाई नियन्त्रणमा लिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस