३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारका उपलब्धिलाई जनतामाझ पुर्‍याउनु पर्छ : नेता अधिकारी

अ+ अ-

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले गरेका उपलब्धिलाई जनतासमक्ष पुर्‍याउनुपर्ने बताएका छन् ।

मङ्सिर १४ गते कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका तर्फबाट विद्या भट्टराईको उम्मेदवारी दर्तापछि आयोजित उम्मेदवार घोषणासभामा उनले सरकारले गरेका राम्रा कामको प्रचार गर्दै आम जनतामाझ पुग्नुपर्ने बताए ।

कास्की २ मा विगतमा हासिल गर्दै आएको जितलाई यस पटक पनि सुनिश्चित गर्न आम कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा उनको जोड थियो । विकासप्रेमी नेता स्व रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्न पार्टीले विद्या भट्टराईलाई निर्वाचनमा अगाडि बढाएको बताउँदै उहाँले मतको संरक्षणका लागि मतदाता शिक्षालाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औँल्याए ।

नेकपाका तर्र्फबाट नेकपा कास्की क्षेत्र नं २ का उम्मेदवार भट्टराईले जनताका अपेक्षा र विश्वासलाई कुनै पनि हालतमा डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गरे । राजनीतिबाट विचलन नभइकन जनता र मुलुकको समृद्धिका लागि भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले स्व अधिकारीका अधुरा सपना पूरा गर्न आफ्नो उम्मेदवारी भएको स्पष्ट पारे ।

नेकपा गण्डकी प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले अधिकारीको निधनबाट पार्टी र मुलुकलाई अपूरणीय क्षति पुगेको बताउँदै पीडा र अभावलाई पूरा गर्न पार्टीको उम्मेदवारलाई विजयी बनाउन लाग्नुपर्नेमा जोड दिए ।

नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज राजकाजी गुरुङले निर्वाचनमा जुट्न कार्यकर्तालाई आग्रह गरे । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअघि जिल्ला पार्टी कार्यालयबाट जुलुससहित निस्केको र्‍याली निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दर्तापश्चात् घोषणासभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस