ट्विटरका दुई कर्मचारीमाथि जासुसीको आरोप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ट्विटरका दुई कर्मचारीमाथि जासुसीको आरोप


२१ कार्तिक २०७६, बिहिबार


काठमाडौं । संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल ट्विटरका दुई पूर्वकर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको अभियोग लगाइएको छ।

बुधवार सान फ्रान्सिस्कोमा सार्वजनिक अभियोगअनुसार साउदी गुप्तचरहरूले नाम चलेका साउदी आलोचक तथा अन्य दुई प्रयोगकर्ताका व्यक्तिगत जानकारी मागेको बीबीसीमा उल्लेख छ ।

वाशिङ्टन पोस्टले छापेको अदालतका कागजपत्रमा उल्लेख गरिएअनुसार आरोपितहरूमा अमेरिकी नागरिक अहमद अबुआमो र साउदी नागरिक अली अल्जाबराह रहेका छन्।

अहमद अल्मुतैरी नाम गरेका तेस्रा साउदी नागरिकमाथि पनि जासुसी गरेको आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस