चीनले ‘अनलाइन गेम’ खेल्ने समयमा प्रतिबन्ध लगाउँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चीनले ‘अनलाइन गेम’ खेल्ने समयमा प्रतिबन्ध लगाउँदै


२१ कार्तिक २०७६, बिहिबार


काठमाडौं । चीनले बालबालिकाको अनलाइन गेम खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अनलाइन गेमको लतबाट बालबालिकाहरुलाई जोगाउन चीनले उक्त निर्णय गर्न लागेको हो ।

भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेकाले अठार वर्ष भन्दा मुनिकालाई रातको १० देखि बिहान ८ बजेसम्म अनलाईन गेम खेल्न नपाउने व्यवस्था गरिन लागेको बताईएको छ ।

त्यसबाहेक बालबालिकाहरुले सामान्य दिनमा डेढ घण्टा र बिदाको दिनमा ३ घण्टा मात्रै अनलाइन गेम खेल्न पाउने छन् ।

त्यस्तै चीन सरकारले त्यस्ता खेलमा बालबालिकाहरुले गर्ने खर्च समेत तोकिएको छ । जसमा आठदेखि १६ वर्षसम्मकाले २०० युआनसम्म र १६ देखि १८ वर्षसम्मकाले ४०० युआनसम्म खर्च गर्न पाउने छन् ।

चीनलाई अनलाई खेलबाजारको हिसाबले विश्वको दोस्रो ठूलो अनलाई खेलबाजारको रुपमा मानिएको छ ।

अनलाइन गेमका कारण बालबालिका तथा युवाहरुमा नराम्रो असर पर्ने भएकाले चीनले अनलाइन खेललाई नियमन गर्न सन् २०१८ नियमन निकाय गठन गर्ने घोषणा पनि गेरेको थियो ।

अत्यधिक भिडियो गेमका कारण बालबालिका तथा युवाहरुको नजिकको हेर्ने क्षतामा कमि हुँदै गएपछि चीन सरकार यसप्रति गम्भीर बनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस