२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा राखिएको भनी आपत्ति

अ+ अ-

काठमाडौं । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा राख्दै छिमेकी राष्ट्र भारतले हालै जारी गरेको नक्साप्रति मौलिक जरोकिलो पार्टीले आपत्ति जनाएको छ ।

सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकालीलाई बनाएको हुँदा उक्त विन्दुभन्दा एक इन्च मात्रै वर सार्ने कामको कूटनीतिक तवरबाट प्रतिवाद गर्न पार्टीले सरकारसँंग माग गरेको छ ।

लिम्पियाधुरा, कुट्यिाङ्दी, लिपुलेक र कालापानी नेपालका भू–भाग भएको उल्लेख गर्दै पार्टीका प्रवक्ता लीलाबहादुर बानियाँले यी क्षेत्रलाई भारतीय पक्षको अनधिकृत कब्जाबाटमुक्त गराई वैज्ञानिक किसिमले सीमा व्यवस्थापन गर्न माग गरेका छन् ।

नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी गरी करीब ५४ वटा स्थानमा सीमा विवाद रहेको पार्टीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सत्तामा रहुञ्जेल समाधानको निम्ति उदासीन देखिने र सत्ताबाट हटेपछि सोही विवादलाई राष्ट्रियताको मुद्दा बनाउँदा छिमेकी देशले नटेर्ने गरेको हो’, विज्ञप्तिमा भनिएको छ । नेपालको दुवैतिर भौगोलिक, आर्थिक र सामरिक दृष्टिकोणले विशाल देश रहेको हुँदा राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताको मामलामा सबै दल राज्यराष्ट्र सिद्धान्तको आधारमा अन्तर्राष्ट्रिय सिमानाको नेपालसापेक्ष सुव्यवस्था गर्न एकजुट हुन पनि पार्टीले आह्वान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस