डोल्पा । डोल्पा जिल्लामा नयाँ भाडदर कायम भएको छ । जिल्ला भरीका सडकमा नयाँ भाडादर निर्धारण गरिएको हो । हाल जिल्लामा सञ्चालनमा रहेका सडकमा प्रतिकिलोमिटर २२ रुपैयाका दरले नया भाडदर कायम गरिएको छ ।
त्रिपूरासुन्दरी नगरपालिकाको पहलमा पहिलो पटक नया भाडादर कायम गरिएको नगरप्रमुख ओमबहादुर बुढाले जानकारी दिए । महंगो भाडादरका बिषयमा सर्वधारणले पटक–पटक गरेको बिरोधपछि त्रिपुरासन्दरी नगरपालिकाले यातायात व्यवसायीसहित जिल्ला प्रशासन,प्रहरी राखेर नयाँ भाडादर निर्धारण गरेको नगरप्रमुख बुढाले बताए ।
जिल्ला भरीका सडकमा प्रति किलोमिटर २२ रुपैँया कायम गरिएको छ यहि अनुरुप स्थानीय सरकारले कार्यान्वयनमा ल्याउने छ यदि नमाने कारवाही हुने निमित्त प्रमुख जिल्ला अकिारी लक्ष्मी शर्माले जानकारी दिईन ।
१४ किमि दुरी भएको त्रिपुराकोट–खदाङ् खण्डमा प्रति किमि २२ रुपैयाका दरले ३ सय १० र त्रिपुराकोटकै छलगाड देखि खदाङ्सम्म १३ किमिमा २ सय ९० रुपैया भाडादर कायम गरिएको नगरप्रमुख बुढाले जानकारी दिए ।
यस भन्दा पहिला यी सड्क खण्डमा यातायात व्यवसायिले मनपरी रुपमा चारसय भाडा उठाउँदै आएका थिए भने कम्तीमा पनि २७ जना सम्म यात्रु जिपमा बोक्ने गरेका थिए ।
त्रिपुराकोट–दुनै खण्डमा पनि यातायात व्यवसायीले मनपरि रुपमा भाडादर उठाउँदै आएको गुनासो बडेकाले बुधबार सदरमुकाम दुनैमा यातायात व्यवसायीसँग छलफल गरेर नयाँ भाडादर निर्धारण गर्ने प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
सरदर १३ किमि लामो उक्त सडक खण्डमा पनि प्रति किमि २२ रुपैयाका दरले २ सय ९० भाडादर तोकिने र उक्त भाडादरमा यातायात ब्यावसायीले चित्त नबुझे जिप नचाउलाए पनि कुनै फरक नपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिईन ।
आजसम्म सुँपानी देखि दुनैसम्म प्रति यात्रु ५ सय भाडा उठाउँदै आएपनि अब घटेर २ सय ९० भाडा कायम हुने शर्माले जानकारी दिईन । सम्पुर्ण सरोकारवालाको उपस्थितिबाट पारित निर्णय विपरीत भाडा उठाएको पाइएमा कडा कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज भट्टले बताए ।
यता नागरिकले भने महंगो भाडा घटाएर नया भाडादर कायम भएपछि सर्वसाधारणले उक्त निर्णयको स्वागत गरेका छन् । त्यसैगरी जीप चालकहरुले गाडिको सिट क्षमता भन्दा धेरै मान्छेहरु राख्ने गरेको गुनासो बडेकाले अबबाट पाँच जना भन्दा धेरै यात्रु बोके कडा कारवाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ । तोकियको भाडा भन्दा धेरै धेरै भाडा उठाउने र क्षमता भन्दा धेरै यात्र राख्ने सन्दर्भमा यात्रु स्वयम पनि चनाखो हुन ट्राफिक प्रहरीले सुझाएको छ ।