३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिफ्ट सिँचाइले किसानको आय बढ्यो

अ+ अ-

दाङ । तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ४६ वर्षीय पूर्णबहादुर चौधरीले तोरी, चना र केराउ खेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन् । ‘तीनवर्ष पहिले नौ बिघा जग्गामा तोरी चना र केराउखेती गर्दथेँ तर उत्पादन निकै कम हुन्थ्यो । लिफ्ट सिँचाइले गर्दा गतवर्ष सोही जमीनमा तोरी, चना र केराउखेती गर्दा त्यसबाट १० गुणा बढी उत्पादन भयो र त्यसबाट धेरै आम्दानी लिन सफल भएँ अहिले पनि खेती राम्रो भएकाले आम्दानी अझै बढी हुनेमा ढुक्क छु’, उनले भने ।

चौधरीले अहिले ९ बिघा जमीनमध्ये पाँच बिघामा तोरी र अन्यमा केराउ तथा चनाखेती गरेका छन् । बेमौसममा सोही जग्गामा पुन : तरकारीखेती पनि गर्ने गरेको उनले जानकारी दिए ।’कृषि पेशा अङ्गालेको छु राजनीति पनि गर्दछु अहिले निर्वाचित वडासदस्य पनि हूँ । घरपरिवाका सदस्यसँगै आफू पनि घरमा बिहान बेलुका काम गर्दछु । दिउँसो जनप्रतिनिधि भएकाले वडाको काममा व्यस्तहुन्छु’, चौधरीले भने ।

‘गाउँ नजिकै बबई नदी भए पनि सिँचाइको अभावका कारण पहिला मुस्किलले एकै याममा मात्र खेती गरिन्थ्यो, आम्दानी पनि खासै नहुँदा परिवारलाई खानमात्र पुग्थ्यो तर अहिले लिफ्ट सिँचाइ आयोजनाले गर्दा सजिलो भएको छ । सिँचाइका लागि सौर्य उर्जा र विद्युत् दुवै जडान गरेका छौं, आम्दानी राम्रै भएकाले घरखर्च चलाएर कम्तीमा पनि वार्षिक सात लाखसम्म आम्दानी हुन्छ,’ उनले भने ।

यसपटक त धान काट्ने र जोत्ने उपकरण समेत प्रदेश सरकारले दिएकाकाले खेती गर्न सहज हुनाका साथै उत्पादन पनि बढेको छ । पहिला वर्षमा एउटै मात्र खेती हुने मटेरिया गाउँमा अहिले बाह्रै महिना खेतीहुने भएकाले अहिले सो गाउँ पकेट तरकारीखेतीका रुपमा चिनिएको छ ।

सोही गाउँकी ४० वर्षीया अष्टुमी चौधरीले तोरी तथा तरकारी खेतीबाट आफू आत्मनिर्भर भएको बताइन् । यसपटक तीज, दशैं, तिहारको समयमा गोलभेडा, फूलकाउली र धनिया बिक्री गर्दा रु डेढ लाखसम्म आम्दानी भएको जानकारी दिँदै उनले तोरी तथा तरकारीखेतीबाट सबै खर्च कटाएर वार्षिक रु ५ लाखसम्म बचत गर्न सफल भएको बताइन् । सरकारले आफूहरुले उत्पादन गरेको तरकारी तथा तोरी, दालको मूल्य तोकिदिए राम्रो हुने अष्टुमीको भनाइ थियो । यी दुई मात्र होइन मेटेरा गाउँका १४० घर घुरीले लिफ्ट सिँचाइ योजनाबाट त्यहाँ तोरी, तरकारी, धानखेती गरिरहेका छन् ।

गाउँबाट नै बग्ने बबई नदीको पानीलाई करीब ६०० मिटर लामो रहेको लिफ्ट सिँचाइ आयोजनाबाट पानी तानिएको छ । सो पानी त्यहाँको करीब दुई सय बिघा जमीनमा सिँचाइ सुविधा पुगेकामा १२० थारु समुदाय र २० घर अन्य समुदायले सो पानी सिचाइका लागि प्रयोग गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस