२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हतियारसहित दुई जना पक्राउ

अ+ अ-

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले हतियारसहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ निवासी २३ वर्षीय सुरजकुमार भन्ने विक्कीकुमार भगत छन् ।

निजलाई कात्तिक १६ गते सिघीया नदीको पूर्वमा रहेको खुला मैदानमा छठ पूजाका अवसरमा स्थानीय एक युवा क्लबले आयोजना गरेको सांस्कृतिक साँझ तथा नृत्य कार्यक्रममा भएको ढुङ्गा प्रहारमा शङ्का लागि खानतलासी गर्दा हयिारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

अटोमेटिक नयाँ पेस्तोलसहित पक्राउ परेका निज व्यक्तिका साथबाट प्रहरीले म्यागजिन थान दुई, म्यागजिनमा लोड भएको गोली एक थान, सिमकार्ड पाँच र एक ट्याप्लेट बरामद गरेको छ । घटनाका सम्बन्धमा गरेको अनुसन्धानमा भगतलाई उदयपुर निवासी मुकेशकुमारले सो हतियार दिएको खुल्न आएको छ । प्रहरीले दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

यसैगरी, तिहार र छठ पर्वका समयमा प्रहरीले जुवाको खालबाट रु नौ लाख १३ हजार बरामद गरी राजश्व कार्यालयमा दाखिला गरेको छ भने ५३ लाई पक्राउ गरी कारवाही चलाएको छ । प्रहरीले पछिल्लो समयमा रु चार लाख ५३ हजार मूल्य बराबरका पटाकासमेत बरामद गरी आज नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस