काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पताल लगिएको छ । प्रधानमन्त्री आइतबार बिहान नौ बजे डायलासिस गर्न ग्राण्डी गएका हुन् ।
प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि बिहन ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक सरेको छ । बैठक अव अपरान्ह मात्रै बस्ने बताइएको छ ।
प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो ।
गत बुधबार निममित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीलाई भर्ना नै गरेर हेमो डायलासिस गरिएको थियो ।







