छठ गीतको म्युजिक भिडियो सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

छठ गीतको म्युजिक भिडियो सार्वजनिक


१६ कार्तिक २०७६, शनिबार


राजविराज । मैथिली, नेपाली एवं भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारद्वारा अभिनित छठ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायिका अञ्जु यादवद्वारा स्वरवद्ध उक्त गीतको भिडियो जननी फिल्मस् यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । जननी फिल्मसको ब्यानरमा दुई वर्षअघि सार्वजनिक ‘सुमिरन मैयाके’ भक्तिमय एल्बम् पश्चात पुनःअर्को धार्मिक, सांस्कृतिक एवं भक्तिमय गीत सार्वजनिक गरिएको हो ।

चर्चित गीतकार अशोक दत्तको गीत रचना रहेको ‘दिर्यौ आशिष भक्तके हे छठी मैया’ बोलको गीतको कोरियोग्राफीसमेत नायिका डोलीले गरेकी छन् । युवा सङ्गीतकार दीपेन्द्र रामको सङ्गीत रहेको उक्त म्युजिक भिडियो राजविराजस्थित युनाइटेड रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको छ । ‘दियौ आशिष भक्तके हे छठी मैया’ बोलको गीतको छायाङ्कन एवं सम्पादन प्रेम राउतले गरेका छन् ।

यसैगरी ‘जल्दीजल्दी चलु छठ घाटपर, आब होइय अबेर’ बोलको गीतको सम्पादनसमेत अन्तिमचरणमा रहेको निर्माता श्यामसुन्दर यादवले जानकारी दिए । दत्तकै शब्द रचना रहेको उक्त गीत जनकपुरधामस्थित नटराज प्रोडक्सन स्टुडियोबाट सङ्गीत रोशन मिश्राले दिएकी छन् ।

उक्त गीतमा समेत नायिका डोलीले मोडलिङ तथा राउतले छायाङ्कन एवं सम्पादन गरिरहेका छन् । हालसम्म सार्वजनिक भएका छठ गीतमध्ये दुवै गीत पूर्णरुपमा मौलिक रहेकाले दर्शकहरुले मन पराउने युनाइटेड स्टुडियोका सञ्चालक समिति सदस्यसमेत रहेका गीतकार भूषण सिंहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस