जेलरको सरुवापछि कैदी बन्दीको आन्दोलन स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जेलरको सरुवापछि कैदी बन्दीको आन्दोलन स्थगित


१५ कार्तिक २०७६, शुक्रबार


काठमाडौँ । कारागारका जेलरको सरुवा र नाइकेलाई हटाउनुपर्ने माग राख्दै कैदी बन्दीले थालेको आन्दोलन स्थगित भएको छ। बाँकेको नेपालगन्ज कारागारका कैदी बन्दीले राखेका माग सम्बोधन भएपछि आजैदेखि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मानवअधिकारकर्मीलगायतको उपस्थितिमा भएको वार्तामा कैदी बन्दीले राखेका माग सम्बोधन गर्ने सहमतिपछि आन्दोलन स्थगित भएको हो।

कारागारका जेलर भरत राज पाण्डेको जिल्ला प्रशासन कार्यालयमा काज सरुवा गरिएको छ भने कैदी बन्दीका नाइके भरत फडेरालाई अन्यत्र कारागार पठाइने अधिकारीले बताएका छन् ।

कैदी बन्दीसँग भएको वार्तामा नाइकेले कैदी बन्दीको रासन र दैनिक उपभोग्य वस्तुको खरिदमा अनियमितता गरेको सम्बन्ध मासमेत छानबिन गर्ने सहमति भएको छ। उक्त सहमतिपछि कैदी बन्दीले भित्रबाट लगाएको ताला पनि खोलेका छन्।

बिहीबार बिहानैदेखि कैदी बन्दीले कारागार भित्रै आन्दोलन नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस