२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

अ+ अ-

गलेश्वर । म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् ।

बेनी नगरपालिका–८ कालीपुलका १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले कालीपुल देउसीभैलो समूहको नामबाट तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु १० हजारबाट विभिन्न किसिमका राहत सामग्री खरीद गरी सात जना बाढीपीडितलाई प्रदान गरेका हुन् । १४ वर्षीय इदान पुनको नेतृत्वमा खेलिएको देउसीभैलोबाट सङ्कलन भएको रकमबाट दाल, चिनी, चियापत्ती, बिस्कुट, साबुन लगायतका सामान खरीद गरेर बाढीपीडितहरुलाई प्रदान गरेका बाढीपीडित राहत सङ्कलन एवं व्यवस्थापन समितिका संयोजक भीमबहादुर रिजालले जानकारी दिए ।

गत असोज ४ गते राति कोटखोलामा आएको बाढीले स्थानीयवासी दिलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, माया परियार, रश्मी परियार, अनिता परियार, सेते किसान र बुद्ध एकेडेमीलाई क्षति पुर्‍याएको थियो । बाढीबाट क्षति पुगेको बुद्ध एकेडेमीको पुनर्निर्माणको काम भने सम्पन्न भइसकेको छ ।

बाढीबाट क्षति पुगेको व्यक्तिहरुको पुनःस्थापनाका लागि पहल भइरहेको र उनीहरुलाई घर निर्माणका लागि जग्गाको खोजी भइरहेको बताइएको छ । पूर्णरूपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभूत विद्यालयको कोठामा बसेका छन् । उनीहरुको सहयोग र व्यवस्थापनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गठन गरिएको बगरफाँट बाढीपीडित आर्थिक सङ्कलन तथा व्यवस्थापनको खातामा अहिलेसम्म रु तीन लाख ५२ हजार ३०० सङ्कलन भएको संयोजक रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस