आर्थिक हिनामिना भएको आशंकामा मातहतका अड्डामाथि सेनाको आकस्मिक छानबिन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आर्थिक हिनामिना भएको आशंकामा मातहतका अड्डामाथि सेनाको आकस्मिक छानबिन


१५ कार्तिक २०७६, शुक्रबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले आर्थिक हिनामिना भएको आशंकामा मातहतका अड्डामाथि आकस्मिक छानबिन थालेको छ ।

जंगीअड्डाले सेनाका विभिन्न अड्डामा विनियोजित बजेट सदुपयोग भए÷नभएको यकिन गर्न निरीक्षणाधिकृत उप रथी अशोक सिग्देलको अध्यक्षतामा निगरानी सेल गठन गरेको हो। उप रथी सिग्देलले विभिन्न फरक फरक टोली बनाई शङ्कास्पद सैनिक अड्डामाथि छानबिन थालेका छन्।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेललाई सेनाका जुनसुकै निकायमा आकस्मिक छानबिन गर्ने पूर्ण अधिकार दिएका छन्।

सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, इन्जिनियरिङ विभागलगायत बढी बजेट विनियोजित भएका दुई दर्जन बढी सैनिक अड्डा छानबिनमा तानिएका छन्।

प्रधानसेनापति थापाले भ्रष्टाचार गर्ने जो कोही सैनिक अधिकारीमाथि कारबाही गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस