२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा कार्यालयको सामग्री लुटपाट, प्रहरीद्वारा हस्तक्षेप

अ+ अ-

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयको सामग्री आज लुटपाट भएको छ । भेँडाबारीस्थित वडा कार्यालयबाट सामग्री लुटेर गाडीमा लैजाँदै गर्दा देउराली चोकमा प्रहरीले हस्तक्षेप गरी सुरक्षित गरेको छ ।

नेपाली कांग्रेस समर्थित भूपू सैनिक संघ काभ्रेपलाञ्चोकको जिल्ला अध्यक्ष नमोबुद्ध नगरपालिका–३ दाहालटार निवासी इन्द्रप्रसाद दाहालको नेतृत्वमा गएको २०/२२ जनाको समूहले वडा कार्यालयको डेक्सटप कम्प्युटर एक, ल्यापटप कम्प्युटर एक, दराज, सम्पूर्ण कागजपत्र (फाइल), कार्यालयका टेबुल–कुर्सीलगायत सबै सामग्री लुटेर लगेको वडाध्यक्ष रामशरण हुमागाईंले जानकारी दिए। उनले आफू वडा कार्यालयको जमीन व्यवस्थापन तथा नापजाँचसम्बन्धी कामका लागि नापी कार्यालय धुलिखेल आएको मौकामा आज कांग्रेसका स्थानीय नेता कार्यकर्ताले वडाका सम्पूर्ण सामग्री लुटेर लगेको बताए ।

करीब ११ बजे दुई वटा ट्रक लिएर आएका उनीहरुले वडा कार्यालयमा बसेका वडासदस्य शिवप्रसाद भूर्तेल, वडा सचिव रामचन्द्र श्रेष्ठ र वडाका कर्मचारी प्रमिला हुमागाईंलाई बाहिर निकाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताले सामग्री लगेको वडाध्यक्ष हुमागाईंले बताए । ‘म वडा कार्यालयकै भवन बनाउन जमीन नापजाँचसम्बन्धी काम गर्नका लागि सदरमुकामस्थित नापी कार्यालय गएको बेला का्रंग्रेसका नेता कार्यकर्ताले सामग्री लुटेर लगेछन्, मलाई वडासदस्य श्रेष्ठले जानकारी गराएपछि मात्रै थाहा पाएँ’, उनले भने।

केही समयदेखि वडा कार्यालय सार्ने विषयमा कांग्रेसका नेता कार्यकर्ताले आफूलाई दाहालटारमा सार्नुपर्छ भन्दै दबाब भइरहेको वडाध्यक्ष हुमागांईले बताए । उनका अनुसार भेँडाबारीस्थित एक घरमा अस्थायीरुपमा सञ्चालन गरिँदै आइएको वडा कार्यालय वडाको केन्द्र भाग पर्ने गरी देउराली डाँडामा राख्ने निर्णय वडास्थित जनप्रतिनिधि तथा नगर कार्यपालिकासमेतको बैठकले निर्णय गरिसकेको छ ।

उनले भने, ‘दाहारटारमा वडा कार्यालय सार्न निकै दबाब थियो, दाहालटार वडाको केन्द्र भाग पर्दैन, वडा र नगरले नै देउरालीमा राख्ने निर्णयपछि ढुक्क थियौँ, तर आफैँ सामग्री लुटेर लैजान थालेपछि थप विवाद निकाल्न खोजियो ।’

भूपू सैनिक संघका जिल्ला अध्यक्ष दाहालले आफूहरुले वडा कार्यालयको सामग्री निकालेर ल्याएको स्वीकाए । उनले भने, “वडावासीको चाहना दाहालटारमा वडा कार्यालय बनाउने छ, उनीहरुले एकलौटी निर्णय गरेर हुँदैन, त्यसैले सामग्री उठाएर ल्याएका हौँ ।’ वडा कार्यालय सार्न आफूसँग सयौँ वडावासी गएको उनले दाबी गरे ।

वडा कार्यालयको सामग्री ल्याएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट गएको प्रहरी टोलीले देउराली चोकमा हस्तक्षेप गरी गाडी नियन्त्रणमा लिएको थियो । करीब १ बजे पुगेको प्रहरीले कार्यालयको सामग्री सुरक्षित गर्न लुटपाटमा संलग्नलाई तितरवितर पारेको थियो । ‘हामीले सामग्री सुरक्षित गरी, पुनः कार्यालयमा सामग्री फर्काएका छौँ’, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस